Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलिया र नेपालबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता

अष्ट्रेलिया र नेपालबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता

अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म गहिरो बन्दै


काठमाडौं । अष्ट्रेलिया र नेपालबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ । नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद अष्ट्रेलिया पुग्नुभएको समयमा यस्तो सम्झौतामा हस्ताक्षर भएको हो ।

परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सम्झौता पछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउन भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो । अष्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको दाबी गर्दै ट्वीटरमा लेख्नुभएको छ,– ‘अस्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्रहरू हुन् । हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ । हाम्रो देशमा नेपाली मूलका अस्ट्रेलियालीको समुदाय तीव्र रूपमा बढिरहेको छ ।’

वाट्सले गत वर्ष अष्ट्रेलियामा भेटिएको नेपालको प्राचिन मुर्ति ल्याउने क्रममा नेपाल भ्रमण गरेको विषयलाई स्मरण गराउँदै नेपाल–अष्ट्रेलिया सम्बन्ध थप उचाईमा पुगेको बताउनुभएको थियो । उक्त भ्रमणका क्रममा समेत परराष्ट्रमन्त्री साउदसँग भएको भेटवार्तामा दुवै देशबीचको आर्थिक सम्बन्ध थप गहिराई पुर्याउने विषयमा छलफल गरेको उहाँले स्मरण गराउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ