Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपरराष्ट्रमन्त्री साउद अष्ट्रेलिया प्रस्थान, यस्तो छ ५ दिने कार्यक्रम !

परराष्ट्रमन्त्री साउद अष्ट्रेलिया प्रस्थान, यस्तो छ ५ दिने कार्यक्रम !


काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद बुधबार एक साता लामो भ्रमणका क्रममा अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ । अष्ट्रेलिया सरकार र इण्डिया फाउण्डेसनले यहि माघ २६ र २७ गते अर्थात फेब्रुअरी ९ र १० तारिखका दिन पर्थमा आयोजना गर्ने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद फर्थ जानुभएको हो ।

श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीसहित साउद राति ११ बजे अष्ट्रेलिया उड्नुभएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। स्वकीय सचिव दिपक जोशीका अनुसार साउदले यही माघ २७ गते ‘स्थिर र दिगो हिन्द महासागरतर्फ’ विषयमा हुन लागेको सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ। पर्थमा रहँदा उहाँले विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । साथै सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

पर्थबाट मन्त्री साउद न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जाने समेत तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूबीच दोस्रो परामर्श बैठक हुनेछ। मन्त्री साउदसहितको प्रतिनिधिमण्डल फागुन ३ गते स्वदेश फर्किने छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ