Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअवैध रुपमा अमेरिकी डलर लैजादैगर्दा त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ !

अवैध रुपमा अमेरिकी डलर लैजादैगर्दा त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ !


काठमाडौं । २५ हजार अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चाइना साउर्दनको उडानमार्फत उनी काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका २९ वर्षीय चिनियाँ नागरिक अवैध रुपमा लुकाएर लान लागेको डलरसहित आइतबार राती पक्राउ परेका हुन ।

पक्राउ चिनियाँको साथबाट एक सय दरको २५० थान अमेरिकी डलर बरामद भएको प्रहरीले जानकारि दिएको छ । बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थानको ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रमा उनको ब्यागभित्र अवैध डलर फेला परेको थियो । पक्राउ परेका चिनियाँ नागरिकमाथि थप कारबाही र अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

विमानस्थलबाट पक्राउ परेका चिनियाँ माथी राजश्व अनुसन्धानले थप अनुसन्धान गरेर कानुनी कारबाहीका लागि अनुसन्धान प्रतिवेदनसहित अदालतको जिम्मा लगाउनेछ । नेपालको प्रचलित कानुनी व्यवस्था र अध्यागमनको नियन बिपरितका डलर, सरसामान ल्याउनु वा लैजानुलाई गैह्र कानुनी मानिन्छ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ