Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaजनवरीमा नेपाल आए ७९ हजार पर्यटक, अष्ट्रेलियाबाट घुम्न आउने ३ हजार ४ सय

जनवरीमा नेपाल आए ७९ हजार पर्यटक, अष्ट्रेलियाबाट घुम्न आउने ३ हजार ४ सय

चलायमान हुँदै नेपालको पर्यटन क्षेत्र !


काठमाडौं । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२३ जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल भ्रमणमा आएकोमा यसवर्षको सोही अवधीमा २४ हजार २६ ले बढी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारि दिएको हो ।

सरकारले यसपालि गत वर्षको तुलनामा दोब्बरले पर्यटक बढाउने घोषणा गरेको छ । पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीमा भारतबाट सबैभन्दा बढी २४ हजार १ सय ३९ नेपाल भ्रमणमा आएका छन् । पर्यटन आगमनको दोश्रो स्थानमा रहेको चीनबाट ७ हजार २ सय ६७ भ्रमणका लागि आएका छन् । अमेरिकाबाट ७ हजार ४७ नेपाल भ्रमणमा आएको छ । चौथो नम्बरमा रहेको थाइल्यान्डबाट ४ हजार ६ सय १९ आएका छन् । यस्तै, दक्षिण कोरियाबाट ३ हजार ८ सय १२, बंगलादेश ३ हजार ६ सय २९ र अष्ट्रेलियाबाट ३ हजार ४ सय २१, बेलायत ३ हजार २ सय ७६, भुटान २ हजार २ सय २९ र जापानबाट १ हजार ५ सय ६८ पर्यटक नेपाल घुम्न आएका छन् ।

जनवरी महिनामा नेपाल आउने समग्र पर्यटक भन्दा बढी अर्थात कुल ८१ हजार ८ सय ९७ जना नेपालबाट विदेशिएका छन् । यो तथ्यांकले देश छाडेर परदेशीने नेपालीहरुको संख्या निक्कै ठूलो रहेको दोखाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ