Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्यान्सर पीडित आमा बचाउन अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीको हारगुहार !

क्यान्सर पीडित आमा बचाउन अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीको हारगुहार !

तपाई हामी सबैले मिलेर सहयोग गरौँ


काठमाडौं । अष्ट्रेलियास्थित न्यु साउथ वेल्समा अध्ययनरत एक नेपाली विद्यार्थीले क्यान्सर रोगसँग जुधिरहनुभएकी आफ्नी आमालाई बचाईदिन सहयोगीहरुसँग हारगुहार गर्नुभएको छ । आमाको क्यान्सर रोगको उपचार चलिरहेको, बुबाको १२ वर्ष पहिले नै मृत्यु भएका कारण आफू अध्ययनरत रहेको अवस्थामा खर्चिलो उपचार धान्न नसक्ने भन्दै प्रशंसा न्याच्योनले गोफण्डमी अभियानमार्फत सहयोग माग्नुभएको हो ।

आफ्नो फोक्सोको क्यान्सरसँग लड्ने महत्वपूर्ण चरणमा केमो थेरापी गराइरहनुभएकी आमालाई सम्झिदै प्रशंसाले परिवारको एक मात्र कमाउने व्यक्ति आफू भएको र अझै पढ्दै गर्दा आमाको उपचारको लागि धेरै कमाउन नसक्ने भएकाले सहयोग माग्नु बाध्यता भएको बताउनुभएको छ । धेरै महँगो उपचारका कारण आमाको क्यान्सर उपचारको खर्च धान्न गाह्रो भइरहेको उहाँले बताउनुभएको छ । आफू र १५ वर्षे भाईको भविश्य सम्झेर आमाको उपचारमा सघाउन उहाँले सहयोगी हात खोज्नु भएको छ ।

अध्ययनको लागि अष्ट्रेलियामा रहनुभएकी प्रशंसाले जन्मघरमा रहनुभएकी बिरामी आमा र भाइलाई सम्झदै यो जटिल अवस्थामा आर्थिक रूपमा सहयोग गरेर साथ दिनुहुन सबै सहयोगीहरुलाई आह्वान गर्नुभएको छ । तपाई पनि यो परिवारको पीडालाई शक्तिमा बदल्न चाहानुहुन्छ भने गो फण्ड मीको यो लिंकमा गएर आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ