Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआइसीसी यू–१९ विश्वकप : नेपाल जनवरी ३१ मा बंगलादेश र फेब्रुअरी २ मा भारतसँग खेल्ने

आइसीसी यू–१९ विश्वकप : नेपाल जनवरी ३१ मा बंगलादेश र फेब्रुअरी २ मा भारतसँग खेल्ने


काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपको सुपर सिक्समा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । नेपालले माघ १७ गते बुधबार सुपर सिक्सको पहिलो खेल बंगलादेशसँग खेल्ने भएको हो ।

समूह ए को अन्तिम खेलमा भारतले अमेरिकालाई दुई सय एक रनले हराउँदै समूह विजेता बनेपछि नेपालले पहिलो खेल खेल्ने तालिका पनि पक्का भएको छ । त्यस्तै, दोस्रो खेल नेपालले माघ १९ गते शुक्रबार भारतसँग खेल्ने छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको छ । पाकिस्तान समुह विजेता र न्युजिल्यान्ड उपविजेता बनेका थिए । नेपाल समूह चरणमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो ।

नेपालसँगै भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा सुपर सिक्समा छन् । अर्को समूहको सुपर सिक्समा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन् । दुबै समूहका सुपर सिक्सका शीर्ष दुई–दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सुपर सिक्समा समूह चरणको अंक तालिका पनि गणना हुन्छ । नेपाल दबै खेल जितेमात्रै वा भारत र पाकिस्तानको हारबाट मात्रै सेमिफाइन पुग्ने झिनो सम्भावना छ । जुन सहज देखिदैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ