Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्यान्सरको नयाँ औषधि, बेलायतमा यसरी हुन थाल्यो उपचार

क्यान्सरको नयाँ औषधि, बेलायतमा यसरी हुन थाल्यो उपचार


एजेन्सी, काठमाडौं । बेलायतमा क्यान्सर पीडित बालबालिकालाई केमोथेरापीको सट्टा नयाँ औषधिको प्रयोग गरेर उपचार गरिएको छ । बेलायतको आरमन्ड स्ट्रिट अस्पतालमा उपचाररत ११ वर्षीय क्यान्सर पीडित आर्थरको नयाँ पद्धतिबाट उपचार भइरहेको छ ।

क्यान्सरको नयाँ उपचार पद्धतिअनुसार औषधिजन्य झोला अर्थात् ‘ब्लीना ब्याकप्याक’ बिरामीले पिठ्युँमा बोकेर हिडडुल गर्न सक्नेछन् । यसका लागि अस्पताल जानु नपर्ने अनुसन्धानकर्ताले बताएका छन् । केमोथेरापीले ठिक नभएका तर त्यसको असरले कमजोर भएका बिरामी आर्थरलाई नयाँ उपचार पद्धति दिन थालिएको हो । वयस्कहरुको भने यसअघि नै यो पद्धतिबाट उपचार हुन थालिसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ । तर, बालबालिकाका लागि यो उपचार बढी प्रभावकारी र उपयुक्त रहेको विज्ञले बताएका छन् ।

नयाँ औषधि इम्युनोथेरापीमा आधारित छ । यसले क्यान्सर भएका कोशिकाको पहिचान गर्छ र शरीरमा रहेको प्रतिरोधात्मक क्षमताले त्यसलाई नष्ट गर्छ । यसले स्वस्थ कोशिकालाई असर पुर्याउँदैन । तर, यसअघिको केमोथेरापीले शरीरका स्वस्थ कोशिकाको नष्ट गर्ने भएकाले जोखिमयुक्त हुने दाबी नयाँ अध्ययनले गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ