Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपाली पत्रकारहरुको सक्रियता : एनआरएनएसँग सहकार्य, समुदायको हकहित !

अष्ट्रेलियामा नेपाली पत्रकारहरुको सक्रियता : एनआरएनएसँग सहकार्य, समुदायको हकहित !


ब्रिजबेन । अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नालिष्ट एसोसिएसन ‘एन्जा’ले आफ्नो वार्षिक साधारण सभा तथा समुदायसँगको अन्तरक्रिया भब्य कार्यक्रमका बीच सम्पन्न गरेको छ । एन्जाको आयोजनामा गत शनिवार ब्रिजवेनमा भएको अन्तरक्रिया लगायतका कार्यक्रममा एनआरएनए, नेपाली समुदायका प्रतिनिधि, विभिन्न राज्यमा रहेर सक्रिय पत्रकारिता गरिरहेका संचारकर्मीको बाक्लो उपस्थिती भएको हो ।

एन्जाका अनुसार तीन चरणमा भएको कार्यक्रमको पहिलो चरणमा साधारणसभामार्फत संस्थाको विधान शंसोधन गरिएको छ । यस्तै, दोस्रो चरणमा एन्जा प्रतिनिधि र एनआरएनए अष्ट्रेलियाका प्रतिनिधि बिच घनिभूत छलफलका साथै आगामी दिनको कार्यदिशाका वारेमा छलफल भएको थियो । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, महासचिब सन्तोष कुँवरलगायत क्विन्सलेन्ड राज्यका एनआरएनएका प्रतिनिधिहरुको उपस्थिति थियो । उक्त फोरममा अध्यक्ष पोखरेलले एन्जासँगको सहकार्यमा गर्न सकिने काम र पत्रकारहरुसँग अष्ट्रेलियामा रहेर सामुदायिक पत्रकारिता गरिरहेका सन्चारकर्मीहरूसंग गरेको अपेक्षाका बारेमा आफ्नो अनि संस्थागत धारणा राख्नुभएको थियो । यता, एन्जाका तर्फबाट अध्यक्ष चिरिन्जिवी देवकोटा र उपाध्यक्ष प्रकाश हुमागाइँले एनआरएनएसँग एन्जाले राखेको अपेक्षा र समुदायसँग गर्न सकिने कामका विषयमा प्रष्ट पार्नुभयो ।

दोस्रो सत्रको कार्यक्रमबाट एनआरएनए अध्यक्ष पोखरेलले एन्जासँग सहकार्य गर्दै समुदाय केन्द्रीत गतिविधिमा अघि बढ्ने प्रतिबद्धता जनाउँनुभयो । दुवै संस्थाबिच सहकार्य गरेर अघि बढ्नुपर्ने र त्यसका लागि एनआरएन अष्ट्रेलिया सदैव तयार रहेको प्रतिवद्धता उहाँको थियोे । अन्तिम चरणको कार्यक्रममा क्वीन्सलेन्डमा रहेको विभिन्न समुदायका प्रतिनिधि, एनआरएनएका प्रतिनिधि र पत्रकारहरुबिच छलफल भएको थियो । समुदायसँगको छलफल शिर्षक दिएर गरिएको कार्यक्रममा क्वीन्सल्याण्डमा रहेका विभिन्न समुदायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रह्यो ।

अन्तरक्रियामा एन्जाका सचिब सरल गुरुङले नेपाली पत्रकारिताले भोगिरहेको समस्या, पत्रकारिताको महत्व, व्यवसायिक र सामाजिक क्षेत्रमा पत्रकारिताले पुर्याउन सक्ने प्रभावका विषयमा समुदायका व्यक्तिहरुमाझ बिस्तृत कार्यपत्र प्रस्तुत गर्नुभएको छ । महासचिब नारायण खड्काले सन्चालन गरेको कार्यक्रममा एन्जाका अर्का उपाध्यक्ष छत्र शंकर, कोषाध्यक्ष खगेन्द्र सत्याल, वरिष्ठ सन्चारकर्मी डाक्टर भरतराज पौडेल लगायतले पत्रकारिताका विषयामा उठेका विषयमा जवाफ दिनुभएको थियोे । एन्जाका सदस्य मिलन दाहालले एन्जाका विषयमा समुदायलाई जानकारी गराउनुभयो ।

एन्जाले पछिल्लो एक वर्षदेखि अष्ट्रेलियाका सवै राज्यमा रहेका समुदायका प्रतिनिधिसंग अन्तरकृया गर्ने योजना अनुरूप एडिलेड, सिड्नी, होबार्ट र ब्रिसवेनमा कार्यक्रम आयोजना गरिसकेको छ भने केहि महिना भित्रै मेलबर्नको नेपाली समुदायसंग छलफल गर्ने तयारी भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ