Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsन्यायाधीश भुवन गिरीकी पत्नीले गरिन सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास, कारण यस्तो !

न्यायाधीश भुवन गिरीकी पत्नीले गरिन सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास, कारण यस्तो !


काठमाडौं । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले आइतबार सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास गर्नुभएको छ । सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर दिउँसो आरतीले आत्मदाहको प्रयास गर्नुभएको हो ।

जिउमा मट्टितेल खन्याएको देखेपछि प्रहरीले रोकेपछि अप्रिय घटना हुन नपाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो । बैवाहिक बलात्कारको मुद्धा उठाएर आफ्नै पती विरुद्ध आरतीले लामो समय आन्दोलन गर्नुपरेको थियो । अदालतमा मुद्धा दायर गरेपनि बहालवाला न्यायाधीश रहेकै समयमा भुवन गिरी पक्राउ पर्नुभएको थियो ।

आरतीले जिल्ला न्यायाधीश समेत रहेका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएपनि आफूले पुर्णरुपमा न्याय नपाएको, न्यायीक निर्णयमा ढिलाई भएको गुनासो गर्दै आउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ