Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsधर्मको आडमा अनुयायीमाथि ज्यादती: अन्ततः थुनामा पुगे तपस्वी रामबहादुर बम्जन !

धर्मको आडमा अनुयायीमाथि ज्यादती: अन्ततः थुनामा पुगे तपस्वी रामबहादुर बम्जन !


काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको अभियोग लागेका तपस्वी रामबहादुर बम्जन पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत, सर्लाहीले तपस्वी बम्जनलाइ पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभएको हो ।

ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक २०७५ भदौ ३० मा रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको अभियोग सार्वजनिक गर्नुभएको थियो । सुरुमा दबाबका कारण जाहेरी दिन नसक्नुभएकी पीडित भनिएकी किशोरीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा केही महिनापछि उजुरी दिनुभयो । त्यही आधारमा २०७६ सालमा पक्राउ पूर्जी लिएर प्रहरीले तपस्वी बम्जनको खोजी थालेको थियो । बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा आनीका रुपमा बस्दा २०७३ साउन २० मा आफूलाई बम्जनले बलात्कार गरेको उहाँको आरोप थियोे । सुरुमा बम्जनकै श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्क्याएपछी उजुरी गर्न समयलाग्यो । यद्यपि, बम्जनको स्वभावका कारण आश्रममा बस्न ठीक नलागेर २०७५ असारतिर आश्रम छाडेर निस्किएपछि आनीले प्रहरीमा हालेको उजुरी जिल्ला अदालत सर्लाही पुगेको थियोे । यही उजुरीमाथिको पहिलो सुनुवाईबाटै तपस्वी बम्जन पूर्पक्षका लागि कारागार जानुपर्ने अवस्था आएको छ ।

तपस्वी बम्जनमाथी अनुयायी बेपत्ता,हत्या लगायतका अरु अभियोगसहितका अरु मुद्दा पनि लागेका छन् । ४ वर्षसम्म फरार रहेका बम्जनले यी सबै मुद्दाको सामना गर्नुपर्नेछ । अर्कोतिर पक्राउका क्रममा १७ देशको विदेशी मुद्रासहित ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ नगद, घरमै जिमखाना, करोडौंका गाडी लाखौंका मोटरसाइकलसहितको ‘हाइक्लास’ जीवनयापन शैलीले बम्जनले राजश्व अनुसन्धान अनि सम्पत्ति सुद्दिकरणको अनुसन्धानको समेत सामना गर्नुपर्ने भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ