Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्यानको एक्सन, सन्दीप लामिछाने अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट गतिविधिबाट निलम्बन !

क्यानको एक्सन, सन्दीप लामिछाने अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट गतिविधिबाट निलम्बन !


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट गतिविधिबाट निलम्बनको निर्णय लिएको छ । अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गर्दै अदालतले दोषी ठहर्‍याएका कारण निलम्बन गरिएको जानकारि दिएका हुन ।

जिल्ला अदालत काठमाडौले सन्दीपलाई पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । बुधबार ८ वर्ष कैदसहित ५ लाख जरिवाना र क्षतिपूर्तिको आदेश सुनाएको थियो । यता, काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् । गत वर्षको भदौ २१ गते लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै परिवर्तिन नाम (गौशाला २६) उजुरी बोकेर प्रहरी वृत्त गौशला पुगेकी थिइन ।

सजाय निर्धारण लगत्तै सन्दीपले क्यानलाई पत्राचार गरेर माथिल्लो अदालतबाट सफाइ नपाएसम्म क्रिकेटबाट अलग रहने स्वघोषणा गरेका थिए ।

क्यानको निलम्बनको निर्णय :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ