Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalएक वर्षमै १६ लाख बढीले छाडे नेपाल, बसोबासका लागि अष्ट्रेलिया, जापान, अमेरिका पहिलो रोजाईमा !

एक वर्षमै १६ लाख बढीले छाडे नेपाल, बसोबासका लागि अष्ट्रेलिया, जापान, अमेरिका पहिलो रोजाईमा !


काठमाडौं । पछिल्लो एक वर्षमा मात्रै १६ लाख भन्दा बढी नेपालीले देश छाडेर विदेश उडेका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ७० हजार जनाले स्थायी रुपमा विदेश बस्ने गरी देश छाड्दा समग्रमा १६ लाख ३ हजार ८ सय ३६ जनाले देश छाडेका हुन् ।

विभागले सन् २०२३ मा विभिन्न उद्देश्यले नेपालबाट बाहिरिएका नेपालीहरु बारे सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा बढी रोजगारीका लागि देश छाड्ने नेपालीहरुको संख्या ८ लाख ८ हजार ४१५ रहेको छ । पछिल्लो एक वर्षको अवधीमा रोजगारीका लागि ७ लाख २३ हजार ७८९ पुरुष र ८४ हजार ६०४ जना महिला विदेशिएको अध्यागमन विभागको तथ्यांकदे देखाउँछ । यसले नेपालमा रोजगारीको अवस्था के छ ? रहरले नभई आफू अनि परिवार पाल्नुपर्ने बाध्यताले घरदेश छाडेर परदेश पुग्नेहरु बढ्दैछन भन्ने संकेत गरेको छ । नेताहरुले स्वदेशमै रोजगारी सिर्जना गरेर श्रमशक्तिलाई रोक्ने दाबी गरेपनि देशको अवस्था डरलाग्दो देखिएको छ । अध्यागनको तथ्यांक अनुसार सन् २०२३ मा अध्ययनका लागि मात्रै१ लाख ८ हजार ५ सय ४२ जना विदेशिएका छन् । यो तथ्यांकले समेत युवाहरुको विदेश मोह बाध्यता कि रहर ? भन्ने गम्भिर प्रश्न उब्जाएको छ ।

स्थायी बसोबासका लागि पछिल्लो एक वर्षमा ७० हजार ९१५ जनाले नेपाल छाडेका छन् । तीमध्ये ३६ हजार ६६३ जना पुरुष र ३४ हजार २५१ जना महिला छन् । यसैगरी अस्थायी बसोबासका लागि ९२ हजार ३४९ जनाले नेपाल छाडेका छन् । जसमा ५१ हजार ८७६ र ४० हजार ४६८ जना महिला छन् । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भिसाको प्रकृति अनुसार विदेशिनेहरुको तथ्यांक सार्वजनिक गरिएको जानकारि नेपालटुबलाई दिदै बसोबासका लागि अष्ट्रेलिया, जापान, अमेरिकालगायत देश जानेहरुको संख्या धेरै रहेको बताउनुभयो । परिवारसँग भेटघाटका क्रममा विभिन्न देशमा पुग्नेहरुको संख्या समेत पछिल्लो एक वर्षमा १ लाख ६७ हजार बढी रहेको छ । भिजिट भिषमा विदेशिनेहरुको संख्या नै २ लाख ४ हजार बढी रहेको छ । स्वास्थ्य उपचारका लागि समेत वर्षमा १९ हजार बढीले विदेश यात्रा गरेका छन् ।

रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका प्रयोजनका लागि नेपालबाट बाहिरिएकाहरुको संख्यात्मक विवरण समेत विभागले सार्वजनिक गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ