Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा बढ्दै सडक दुर्घटना, नयाँ वर्ष आसपासमा सिड्नी क्षेत्रमा मात्रै ५ जनाको मृत्यु !

अष्ट्रेलियामा बढ्दै सडक दुर्घटना, नयाँ वर्ष आसपासमा सिड्नी क्षेत्रमा मात्रै ५ जनाको मृत्यु !


ब्रिजबेन । नयाँ वर्ष र क्रिसमसको समयमा अष्ट्रेलियाको सिड्नी आसपासमा मात्रै सडक दुर्घटनामा परेर ५ जनाले ज्यान गुमाएका छन् । नयाँ वर्षको समयमा न्यु साउथवेल्स, सिड्नी आसपासमा मात्रै ७ सय ४० वटा सडक दुर्घटना हुँदा ५ जनाको ज्यान गएको न्यु साउथ वेल्स प्रहरीले जानकारि दिएको हो ।

नयाँ वर्षको समयमा प्रहरीले ३ लाख ४२ हजार जनामाथी मापसे जाँच गरेको छ । यी मध्ये ६ सय ३१ चालकले मदिरा सेवन गरेर, १३ सय ७४ जनाले लागुपदार्थ सेवन गरेर गाडी चलाएका थिए । ८ हजार ६९ जनाले तिब्रगतिमा सवारी चलाउँदाको जरिवाना तिर्नुपरेको न्यु साउथ वेल्स प्रहरीले जानकारि दिएको छ ।

अष्ट्रेलियामा बढ्दै सडक दुर्घटनाको जोखिम
ब्युरो अफ इन्फास्ट्रक्चर एण्ड ट्रन्सपोर्ट इकोनोमिक्सको रिसर्चले पछिल्लो ५ महिनामा ६ दशमलब ३ प्रतिशतले दुर्घटना बढेको देखाएको छ । वयस्क चालकका कारण सडक दुर्घटना बढी भएको तथ्यांकले युवाहरुको हेलचेक्राई बढी देखाएको छ । सन २०२३ को नोभेम्बरसम्म १२ सय ५३ जनाको सडक दुर्घटनाबाट ज्यान गएको छ ।

सवारी चलाउँदा हेलचेक्राई गरे जोखिम बढाउने र आफू समेत दुर्घटनाको सिकार बन्नेभन्दा सावधान बनेर सुरक्षित बनौँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ