Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिकेटर सन्दीप बलात्कार मुद्दामा दोषी ठहर, कैद, जरिवाना र क्षतिपूर्ति अर्को फैसलाबाट तोकिने !

क्रिकेटर सन्दीप बलात्कार मुद्दामा दोषी ठहर, कैद, जरिवाना र क्षतिपूर्ति अर्को फैसलाबाट तोकिने !


काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपमाथिको बलात्कार आरोप पुष्टि हुने फैसला गरेको हो ।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले न्यायाधीश ढकालको इजलासमै हुने अर्को सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति सजाय निर्धारण गर्नेछ । न्यायाधीश ढकालको इजलासमा पीडित गौशला २६ आफैं उपस्थित भएर आज आफ्नो धारणा राखेकी थिइन् । १६ महिनाअघि क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो । बारम्बार पेसी सर्दै गत आईतबारबाट निरन्तर सुनुवाई भएको मुद्धामाथी अन्तिम किनारा लाग्न भने अझै बाँकी रहेको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार रामू शर्माले जानकारी दिनुभयो ।

जिल्ला अदालत, काठमाडौंले यसअघि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपनि जिल्लाको आदेश विरुद्ध सन्दीप उच्च अदालतमा गएपछि २०७९ पुस २८ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । विदेश जान रोक लागेका सन्दीप अनुमति माग्दै सर्वोच्च गएपछि २०७९ फागुन १५ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति दिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ