Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिकेटर सन्दीपविरुद्धको जबरजस्ती करणीको मुद्दाको बहस अन्तिम चरणमा, कहिले आउला फैसला ?

क्रिकेटर सन्दीपविरुद्धको जबरजस्ती करणीको मुद्दाको बहस अन्तिम चरणमा, कहिले आउला फैसला ?


काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज वा आइतबारसम्ममा अन्तिम फैसला आउनसक्ने देखिएको छ । गत आइतबारदेखि निरन्तर सुनुवाइ भैरहेको मुद्दामा वादी पक्षको बहस सकिएको छ भने आज प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सकेर जवाफी बहस समेत सकिएमा अन्तिम फैसला आउनेभएको हो ।

जाहेरवालीको तर्फबाट बुधवारसम्म १० जनाले बहस गर्नुभएको थियो । बुधबारबाटै प्रतिवादी पक्षको बहस सुरु भएपनि आजसम्म जारी छ । अब बिहिबारबाट क्रिकेटर सन्दीप पक्षका प्रतिवादी कानुन व्यवसायीहरुले बहस गर्ने भएका हुन । आइतबारबाट सुरु भएको बहसमा वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गर्नुभएको छ । अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलिया गरी १० जनाले जाहेरीकर्ताको तर्फबाट बहस गर्नुभएको छ । बुधवारबाट प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेपछि प्रतिवादी तर्फको बहस सुरुभएकोमा सापकोटापछि प्रतिवादीका तर्फबाट लिड लयर रहनुभएका अधिवक्ता सरोजकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, कृष्ण सापकोटा र सबिता भण्डारी तथा अधिवक्ता रोशनी पौडेलले बहस गर्नुभएको छ ।

शुक्रबार चिया ब्रेक अघि नै बहस सकिएर वादीका तर्फबाट जवाफी बहसमा लामो समय नलागेमा शुक्रबार नै फैसला आउने अपेक्षा गरिएको छ । केही ढिलाई भएमा आइतबारसम्ममा क्रिकेटर लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा अन्तिम फैशला आउनेछ । सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ । बलात्कार भएको भनिएकी युवती बयस्क ठहर भएमा सन्दीपले सफाई पाउनेछन् । जाहेरीकर्ताको उमेरसम्बन्धी प्राप्त कागजातका आधारमा सन्दीपले सफाइ पाउने सम्भावना बलियो बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ