Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्धामा आजबाट निरन्तर सुनुवाई, कहिले आउला अन्तिम फैशला ?

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्धामा आजबाट निरन्तर सुनुवाई, कहिले आउला अन्तिम फैशला ?


काठमाडौं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि सुुनुवाइ भैरहेको छ । यो सुनुवाईले नै निरन्तरता पाएर राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम फैसला आउने बताइएको छ ।

पटक पटक गरेर ३० औँ पटक पेसी तोक्दै सुनुवाई रोकिदै आएको मुद्धामा आइतबारबाट निरन्तर सुनुवाई सुरु भएको छ । सोमबार र मंगलबार सार्वजनिक बिदाका कारण सुनुवाई प्रभावित भएको भएपनि आज हेर्दाहेर्दैमा राखिएको मुद्दामाथी न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ सुरु भएको छ । अब भने मुद्धाले अन्तिम किनारा नपाउदासम्म सुनुवाई हुनेछ । यसअघि गत मङ्सिर २४ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएका कारण सुनुवाइ पछि धकेलिएको थियो । नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौंले यसअघि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

निरन्तर सुनुवाई भएमा दुईदिनमा बहस सकिने अदालत श्रोतले जानकारि दिएको छ । यसो भएमा शुक्रबार साँझ वा आइतबारसम्ममा सन्दीपविरुद्धको मुद्धाको अन्तिम फैशला आउने छ । सन्दीप दोषी ठहर भए कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ । तर बलात्कारमा परेको दाबी गरिएकी युवती प्राप्त सरकारी प्रमाणका आधारमा नाबालिग नभएको ठहर भएमा सन्दीपले बलात्कारको मुद्धाबाट सफाई पाउनेछन् । सन्दीप हिरासतमा जाने भन्दा सफाई पाउने आधार र प्रमाणहरु बढी भएको उनी पक्षका कानुन व्यवसायीले बताउने गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ