Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News४ अर्ब आन्तरिक ऋण उठाउदै सरकार,१९ अर्ब बढी नविकरण हुने

४ अर्ब आन्तरिक ऋण उठाउदै सरकार,१९ अर्ब बढी नविकरण हुने


काठमाडौं । सरकारले ४ अर्ब आन्तरिक ऋण उठाउन ट्रेजरी बिल जारी गर्दैछ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ट्रेजरी बिल बोलकबोल मार्फत सोमबार ४ अर्ब आन्तरिक ऋण उठाउने जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार ४ अर्ब आन्तरिक ऋण परिचालन र १५ अर्ब ५० करोड नवीकरणसहित कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुनेछ । १९२ दिन अवधिको ट्रेजरी बिल मार्फत सरकारले ४ अर्ब आन्तरिक ऋण उठाउदा पहिलो चरणमा ९१ दिन अवधिको ८ अर्ब ५० करोड बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुनेछ । दोस्रो १८४ दिनको समयसहित ४ अर्बकै नवीकरणको लागि बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । यसपछि ३६४ दिन अवधिको २ अर्ब बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने जनाइएको छ । यी सबै ट्रेजरी सोमबार नै जारी हुनेछन् ।

एक वर्ष वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र नै ट्रेजरी बिल हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमबाट जारी गर्ने गरिन्छ ।


ट्याग : #गभर्नर, #नेपाल राष्ट्र बैंक, #नेपाल सरकार
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ