Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleकाठमाडौं महानगर भित्र सुर्तीजन्य पदार्थ बेच्न र खान नपाईने कडा नियम ! अटेर गरे कारबाही गरिने

काठमाडौं महानगर भित्र सुर्तीजन्य पदार्थ बेच्न र खान नपाईने कडा नियम ! अटेर गरे कारबाही गरिने


काठमाडौं । काठमाडौं महानगरपालिका भित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा रोक लाग्ने भएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर सूचना निकाल्दै आउँदो २७ गतेदेखि सुर्तीजन्य पदार्थ निषेध गर्न लागेको ह‍ो । सूचनामा सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुटखा, पानपराग लगायतका पदार्थ कसैले बिक्री गरेको पाएमा नगर प्रहरीले सामान जफतसमेत भनिएको छ । महानगरले जारी गरेको जनस्वास्थ्य ऐन २०८० मा यससम्बन्धी व्यवस्था छ । ऐनको दफा ४२ अनुसार सुर्ती तथा जाँड–रक्सीजन्य पदार्थ बिक्रीमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था राखिएको थियो । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको महानगरले जनाएको छ ।

स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले सहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण पहिलो सर्त रहेको जानकारी दिनुभयो । दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने पौडेलले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ