Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइजरायल र हमास बिच ४ दिने युद्धविराम एक नेपालीसहित २ सय ३९ बन्दी छुट्दै

इजरायल र हमास बिच ४ दिने युद्धविराम एक नेपालीसहित २ सय ३९ बन्दी छुट्दै


एजेन्सी । इजरायल र हमालबीच बन्दी छुटाउनेगरि ४ दिने अस्थायी युद्धविरामको सहमति भएको छ । अन्तर्राष्ट्रिय समुदायको लगातारको दवाब र प्रयत्नपछि इजरायल र हमास गाजामा बन्दी बनाइएका ५० भन्दा बढी महिला र बालबालिकालाई पहिलो चरणमा मुक्त गर्न सहमत भएका हुन् ।

अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार इजराइल र हमासबीचको सो सहमति इजरायली सरकारले अनुमोदन गरेको छ । अनुमोदनसँगै बन्दीहरु मुक्त हुने प्रक्रिया चाँडै सुरू हुने विश्वास गरिएको छ । सहमतिअनुसार हमासले यी बन्दीहरु मुक्त गरेवापत इजराइलले गाजामा भैरहेको हवाई तथा अन्य सैन्य आक्रमण चार दिनलाई स्थगित गर्नेछ । अक्टोबर ७ मा हमासले इजराइलमा आक्रमण गरी त्यहाँबाट २६ विदेशी मुलुकका नागरिक र इजराइली नगारिक गरी २ सय ३९ जनालाई बन्दी बनाएर गाजा लगेको थियो । अरु बन्दीहरु कहिले छाडिने भन्ने प्रष्ट भएको छैन् ।

इजरायलले प्रत्येक एक दिन युद्दविराम लम्ब्याएवापत हमासले १० जना बन्दी छाड्ने सहमति भएको सबताइएको छ । हमासले सबै २ सय ३९ बन्दी मुक्त गरेवापत इजराइलले पनि आफ्नो हिरासतमा रहेका १ सय ५० जना प्यालेस्टिनियन नागरिकहरुलाई मुक्त गर्ने सहमति भएको जनाइएको छ । सहमतिबारे इजराइल सरकारको भने धारणा सार्वजनिक गरेको छैन । इजरायली सेनाले हमास र गाँजा क्षेत्रबाट आफूहरुका लागि चुनौती पैदा हुँदासम्म युद्ध जारी रहने चेतावनी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ