Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभारतलाई स्तब्ध बनाउदै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

भारतलाई स्तब्ध बनाउदै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि


काठमाडौं । ट्राविस हेडको शतक मद्दतमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टाएको हो ।

अष्ट्रेलियाका लागि हेडले तेस्रो विकेटका रुपमा मार्नश लाबुेशेनसँग १९२ रनको साझेदारी गरेर टिमको जित सहज बनाउनुभएको थियो । जितका लागि मात्र २ रन चाहिएको बेला हेड १३७ रन बनाएर आउट हुनुभयो । अष्ट्रेलियाका लागि मार्नश लाबुेशेनले नटआउट रहदै ५८ रनको योगदान दिनुभयो । यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।

योसँगै ५ पटकको आईसीसी विश्वकप क्रिकेटको विजेता अष्ट्रेलियाले छैटौं जित दर्ता गराएको छ । घरेलु मैदान, दर्शकको ठूलो समर्थन रहेर सेमिफाइनल सम्म अपराजित भारतको अष्ट्रेलियालाई बदला लिएर उपाधि जित्ने सपना अधुरै रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ