Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा ५ करोड नौ लाख सहयोग गर्दै अष्ट्रेलिया सरकार

पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा ५ करोड नौ लाख सहयोग गर्दै अष्ट्रेलिया सरकार


काठमाडौं । अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा गएको भूकम्प प्रभावित क्षेत्रका स्थानीयको आकस्मिक आवश्यकता परिपूर्तिका लागि ६ लाख अष्ट्रेलियाली डलर अर्थात पाँच करोड नौ लाख नेपाली रुपैयाँ बराबरको मानवीय सहायता घोषणा गरेको छ । अष्ट्रेलियाको विदेश मन्त्रालयले यो सहयोग नेपालमा रहेको विश्व खाद्य कार्यक्रममार्फत प्रभावित समुदायको मानवीय सहायतामा खर्च हुने बताइएको छ ।

सहायता रकम आपत्तकालिन सेवा, स्वास्थ्यचौकी लगायतका सामुदायिक पुर्वाधार निर्माणमा खर्च हुने बताइएको छ । जाजरकोट भूकम्पको क्षतीबारे अष्ट्रेलिया सरकारको तर्फबाट विदेशमन्त्री पेनी वाङले दुःख व्यक्त गर्दै सहायता रकमले भूकम्पीय पुननिर्माणमा केही टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ६० वर्षको कुटनीतिक यात्रामा नेपाल र अष्ट्रेलियाबीचको मित्रता प्रगाढ रहँदैआएको छ । अष्ट्रेलियाली राजदूतावासका अनुसार २०७२ को भूकम्पपछिको पुननिर्माणमा समेत २८ मिलियन बढी अष्ट्रेलियन डलर सहायता प्रदान गरेको थियो । यो क्रमले निरन्तरता पाइरहेको छ ।

अष्ट्रेलियाले नेपाललाई निरन्तर विकास निर्माण र विपद्धमा सहयोग उपलब्ध गराउँदैआएको छ । विदेश मन्त्रालयको तथ्यांक अनुसार नेपालमा सन २०२२ र २०२३ का लागि मात्रै २६ दशमलब ६ मिलियन डलर नेपालको सहायताका लागि छुट्याएको छ । बर्सेनी ५० हजार नेपाली विद्यार्थी अध्ययनका क्रममा अष्ट्रेलिया पुग्नेगरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ