Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविदा भयो तिहार, अष्ट्रेलियाको संसद भवनमा भीआईपी नचाउँदै देउसी भैलो !

विदा भयो तिहार, अष्ट्रेलियाको संसद भवनमा भीआईपी नचाउँदै देउसी भैलो !

तराई मधेसका जिल्लामा छठ पर्वको तयारी


काठमाडौं । बुधबार भाइटिका लगाइएसँगै नेपालीहरुको दोश्रो ठूलो चाड तिहार यो वर्षका लागि बिदा भएको छ । भाइटिकाका क्रममा दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गरेका छन् ।

टीका लगाइदिएर दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिदा दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरेका थिए । दीपावलीको पाँचौं दिन बुधबार नै मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइएको थियो । यता, दीपावली सकिएसँगै तराई मधेसका जिल्लामा छठपर्वको तयारी थालिएको छ । पोखरी तलाउ क्षेत्रका घाटमा सरसफाइसमेत गरिएको छ । यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअअि नै शुरु हुन्छ ।

अष्ट्रेलियामा समेत भब्य रुपमा मनाइयो तिहार, संसद भवनमै देउसी भैलो
स्वदेशमा मात्रै नभएर विदेशमा रहेका नेपालीहरुले समेत शानका साथ तिहार पर्व मनाएका छन् । परम्परा अनुसार भाइटिका लगाउने, दाजुभाई दिदिबहिनीको जमघट मात्रै नभएर देउसी भैलोको परम्परालाई समेत विदेशमा रहेकाहरुले निरन्तरता दिएका छन् । अष्ट्रेलियाको संघीय संसद भवनमै पहिलो पटक एनआरएन अभिन्ता, विभिन्न समाजका अगुवासहित सिंगो नेपाली समूदाय एकजुट भएर देउसी भैलो खेलिएको एनआरएनए अभियन्ता राजु अधिकारीले जानकारि दिनुभएको छ । ढाका टोपी, दौरासुरुवासहितको नेपाली पहिरनमा देउसी भैलो खेल्ने क्रममा सभामुख, मन्त्री देखी सांसद र नेताहरु समेत छमछमी नाच्नुभएको थियो । अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाईटीले आयोजना गरेको देउसी भौलो कार्यक्रममा अष्ट्रेलियाका उच्च पदस्थहरुका साथै अष्ट्रेलियाका लागि नेपाली राजदूत समेत उपस्थित हुनुहुन्थ्यो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ