Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतिहारको रमझममा हुनुहुन्छ, खानपानमा यस्ता छन् जनस्वास्थ्यविद्का सुझाव

तिहारको रमझममा हुनुहुन्छ, खानपानमा यस्ता छन् जनस्वास्थ्यविद्का सुझाव


काठमाडौं । तिहार मनाउँदै गर्दा खानपानमा विशेष ध्यान दिन पोषणविद्ले सुझाव दिएका छन् । पोषणविद् कला नेपालले तिहारमा चिल्लो र गुलियो रोटीसँगै बजारमा पाइने विभिन्न प्रकारका मिठाईको उपभोग धेरै हुने भएकाले आफ्नो स्वास्थ्यतर्फ चनाखो बन्न सुझाव दिनुभएको हो ।

बजारमा पाइने अनेकौँ किसिमका मिठाईमा मिसावट गरिएको तेल वा घ्यु बढी प्रयोग हुनेगरेको छ । मिसावटयुक्त, चिल्लो, गुलियो बढी भएका परिकार सेवन गर्दा स्वास्थ्यको ख्याल गरेर मात्र खान उहाँको सुझाब छ । यस्ता मिठाईको प्रयोग सकेसम्म कम गर्न जनस्वास्थ्यविद् प्रा.डा सद वन्तले सुझाब दिनुभएको छ । नेपालट्युबसँग कुरा गर्दै जनस्वास्थ्यविद् वन्तले चाडपर्वको बेला खानपिन अलि धेरै नै हुने भएकाले अरु बेलाको भन्दा बढी झोल पदार्थ र फलफूल, सलाद खाएर पाचन क्रियामा ध्यान दिन आग्रह गर्नुभयो ।

शरीरको आवश्यकताका अनुसार मात्रा मिलाएर मात्र खानेकुरा खानुपर्छ । चाडपर्वमा शारीरिक सक्रियतामा कमी हुने र धेरै खाने भएकाले अपचको समस्या बढि देखिने गरेको छ । खानपानमा ध्यान नदिएको अवस्थामा शरीरको तौल बढ्ने, अपच हुने, कोलेस्ट्रोल बढ्ने समस्या हुन्छ । यस्तै, मधुमेहका बिरामीको सुगर लेभल बढ्ने, रक्तचापको समस्या बढ्ने लगायत समस्या आउन सक्नेतर्फ पोषणविद् र जनस्वास्थ्यविद्ले सचेत गराएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ