Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पुरा, भारतसँग न्युजिल्याण्ड र दक्षिण अफ्रिकासँग अष्ट्रेलियाभिड्ने

विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पुरा, भारतसँग न्युजिल्याण्ड र दक्षिण अफ्रिकासँग अष्ट्रेलियाभिड्ने


काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । घरेलु टोली भारत, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्याण्ड अन्तिम चारमा रहँदै सेमिफाइनलमा पुगेका हुन् ।

शनिबार रातीको खेलमा पाकिस्तान इंग्ल्याण्डसँग हारेसँगै न्युजिल्याण्ड सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा अंकतालिकामा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्युजिल्याण्ड तथा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका र तेस्रो स्थानमा रहेको अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल खेल नोभेम्बर १५ तारिखमा वान्खडेमा र दोस्रो सेमिफाइनलको खेल इडेन गार्डेन स्टेडियममा नोभेम्बर १६ तारिखमा हुनेछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजेदेखि शुरु हुनेछन् । समूह चरणको अन्तिम खेलमा आज भारत र नेदरल्याण्ड भिड्दैछन । यो खेल केवल औपचारिकता मात्रै हुनेछ ।

शनिबार पाकिस्तानलाई ९३ रनले हराएको इंग्ल्याण्ड सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि छनोट भएको छ । शनिबार नै अष्ट्रेलियासँग बंंगलादेश ८ विकेटले पराजित भएको थियो । अन्तिम ८ मा रहेका टिमले सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि छनोट हुनेछन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ