Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalयू-१९ एसिया कपमा नेपालको पहिलो खेल पाकिस्तानसँग, भारतसँग समेत भिड्दै

यू-१९ एसिया कपमा नेपालको पहिलो खेल पाकिस्तानसँग, भारतसँग समेत भिड्दै


काठमाडौं। एक महिनापछि दुबइमा हुने यू-१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानविरुद्ध खेल्ने भएको छ। मंसिर २२ गतेबाट सुरु हुने प्रतियोगितामा सहभागी हुने ८ देशलाई दुई समूहमा विभाजन गरिएको हो ।

नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान, भारत र अफगानिस्तान छन्। यस्तै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, जापान र यूएई रहेका छन्। नेपालले २४ गते अफगानिस्तान र २६ गते भारतविरुद्ध खेल्नेछ। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। खेल २९ गते हुनेछ। फाइनल खेल पुस १ गते हुनेछ। टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशले एसिया कपमा सोझै स्थान बनाएका हुन्। नेपाल, यूएई र जापानले यू-१९ प्रिमियर कपमा शीर्ष तीनमा रहँदै प्रतियोगितामा स्थान बनाएका हुन्।

कात्तिक ७ गते सम्पन्न प्रिमियर कपमा यूएईलाई हराउँदै नेपाल च्याम्पियन बनेको हो। देव खनालको कप्‍तानीमा रहेको नेपाली यू-१९ टोलीले यसअघि नै विश्‍वकपमा समेत स्थान बनाइसकेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ