Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsराष्ट्रिय क्रिकेट टीमलाई ५० लाख र यू १९ लाई जनही ५० हजार पुरस्कार घोषण !

राष्ट्रिय क्रिकेट टीमलाई ५० लाख र यू १९ लाई जनही ५० हजार पुरस्कार घोषण !


काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले आईसीसी टी-२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको । क्यानको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, क्यान बैठकले एसिसी यू–१९ प्रिमियर कप जितेर एसिसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टोलीका खेलाडीलाई जनहीँ ५० हजार रुपैयाँ दिने निर्णय समेत गरेको सचिव पारस खड्काले जानकारी दिनुभयो ।

आईसीसी टि-२० एसिया क्षेत्र छनौटको फाइनल खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत जाजरकोट भूकम्प प्रभावितलाई पठाउने निर्णय समेत क्यानले गरेको छ ।

यस्तो छ निर्णय :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ