Friday, 3 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalटी-२० विश्वकप एसिया छनोटमा नेपाल उपबिजेतामै सिमित, ओमनलाई उपाधी

टी-२० विश्वकप एसिया छनोटमा नेपाल उपबिजेतामै सिमित, ओमनलाई उपाधी


काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ । आईतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अबिनाश बोहराको ओभरमा तीन छक्का प्रहार गर्दै ओमानले नेपाल समक्ष सुपर ओभरमा ठुलो चुनौती प्रस्तुत गरेको थियो । तर नेपालले सुपर ओभरमा राम्रो ब्याटिङ प्रर्दशन गर्न सकेन । बिलाल खानका अघि नेपाली ब्याटर चल्न सकेन ।

फाइनलमा पराजित भएपनि नेपाल यसअघि नै सन् २०२४ हुने टी–२० विश्वकमा छनोट भइसकेको छ । यो अवशर नेपालले १० वर्षपछि प्राप्त गरेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ