Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalटी-२० विश्वकप छनोटको उपाधि होडमा नेपाल, आज ओमानलाई बदला लेला त ?

टी-२० विश्वकप छनोटको उपाधि होडमा नेपाल, आज ओमानलाई बदला लेला त ?

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल


काठमाडौं । आईसीसी टी-२० एसिया क्षेत्र छनोटको उपाधिका लागि आज नेपाल र ओमान प्रतिस्पर्धा गर्दैछन । टी-२० विश्वकपमा स्थान सुरक्षित गरेर उपाधी होडमा रहेका यी दुई टीमको उपाधी भिडन्त कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ११ बजेबाट सुरु हुनेछ ।

शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज र अमेरिकामा आगामी जुनमा हुने टी-२० विश्वकपमा स्थान बनाइसकेका छन् । यो विश्वकपमा कुल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसपटक ग्लोबल क्वालिफायरको सट्टा क्षेत्रीय छनोट प्रतियोगिताहरु मात्र आयोजना भएकाले एसियाबाट दुई टोलीले मात्र टी-२० विश्वकपमा स्थान बनाएका हुन् । गत वर्ष ओमानमै भएको टी-२० विश्वकपको ग्लोबल क्वालिफायर्समा नेपाल र ओमान दुवै सेमिफाइनलम पराजित हुँदै विश्वकपमा पुग्न असफल भएका थिए । यसपटक घरेलु मैदानबाटै विश्वकपको यात्रा तय गर्दा नेपालले गत वर्ष सेमिफाइनलमै यूएईसँग बेहोरेको हारको मिठो बदला लिएको छ ।

फाइनलसम्म आइपुग्दा ओमान अपराजित छ भने नेपालले एक खेल (ओमानसँग) मात्र हारेको थियो । समूह चरणमा नेपाल र ओमान दुवैले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए । दुवै टोली फाइनल जित्दै आफ्नो प्रभाव देखाउनेगरि मैदान उत्रिनेछन । नेपालका लागि घरेलु समर्थकअघि ओमान विरुद्ध समूह चरणको हारको बदला लिँदै च्याम्पियन बन्ने अवसर समेत छ । नेपाली खेलाडीहरु उपाधी जित्ने विश्वास वाढिरहेका छन ।

हेड टु हेडमा ओमान कमजोर

नेपाल र ओमानबीच अहिलेसम्म भएको टी-२० आई खेलमा नेपाल अघि छ । यी दुई टोलीबीच पाँच वटा टी २०आई खेल हुँदा नेपालले तीन खेल जितेको छ भने ओमानले दुई खेल मात्र जितेको छ । ओमानले यसै छनोटमा पछिल्लो पटक नेपाललाई पराजित गरेको थियो । संयोगवस २०२२ मा ओमानको मैदानमा भएका तीनवटै खेल खेल नेपालले जितेको थियो । गत वर्ष पनि आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको समूह ‘ए’ मा यी दुई टोली एकै समूहमा परेका थिए । जहाँ नेपालले समूह चरणको खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । तर, दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपमा छनोट हुन सकेनन् र तेस्रो स्थानको लागि भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले सहजै हराएको थियो । विश्वकप छनोटअघि भएको चारदेशीय टी २० सिरिजमा पनि नेपाल ६ विकेटले विजयी भयो । २०१९ मा ओमानमै भएको पाँच देश सम्मिलित पेन्टागुलर टी-२० सिरिजमा भने नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ