Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमलेसियामाथी सानदार जित निकाल्दै नेपाल टि–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा

मलेसियामाथी सानदार जित निकाल्दै नेपाल टि–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा

मलेसिया ६ विकेटले पराजित


काठमाडौं । मलेसियामाथी सानदार जित निकाल्दै घरेलु टोली नेपाल टि–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा पुगेको छ । किर्तिपुरमा भएको दोश्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनको यात्रा तय गरेको हो ।

नेपालको जितमा कुशल भुर्तेल र कुशल मल्लको प्रदर्शन सानदार रह्यो । मलेसियाले दिएको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागी कुशल मल्लले ६५ र कुशल भुर्तेलले ४३ रन बनाए । मल्लले ३४ बलमा ७ छक्का र २ चौका प्रहार गरे । यस्तै भुर्तेलले २५ बलमा चार छक्का र चार चौका हिर्काए । नेपालले पहिलो विकेटका लागि ४९ रन र दोस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेको थियो । आसिफ शेख ३२ र रोहित पौडेल २ रन बनाएर आउट भए ।

टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । मलेसायका लागि प्रारम्भिक ब्याट्सम्यान सेयद अजिज एक्लैले ६८ रन बनाए । अर्का ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए । कप्तान अहमद फैज ३ रन जोडेपछि रन आउटको शिकार बने । आक्रामक ब्याट्सम्यानको परिचय बनाएका विरनदिप सिंहले पनि ४ रन मात्र बनाउन सके । नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एक–एक विकेट लिए । मलेसियाले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेको थियो भने सुरुको ६ ओभरमा एक विकेट गुमाएर ६० रन जोडेको थियो ।

नेपालले कार्तिक १६ गते बिहिबार ओमनसँग प्रतिस्पर्धा गर्दैछ । यसपछि समुहका दुई टिमबीच सेमिफाइनल भिडन्त हुने छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ