Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटी–२० विश्वकप एसिया छनोट : सिंगापुरलाई ८ विकेटले पराजित गर्दै नेपालको सुखद सुरुवात

टी–२० विश्वकप एसिया छनोट : सिंगापुरलाई ८ विकेटले पराजित गर्दै नेपालको सुखद सुरुवात


काठमाडौं । टी–२० विश्वकपको एसिया छनोट अन्तर्गतको आफ्नो पहिलो खेलबाटै नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटको पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको झिनो लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले ७४ रनको योगदान दिनुभयो । यसैगरी आसिफ शेखले २७ रन बनाउँदा कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहेका थिए । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले नेपाली समय अनुसार मंगलबार दिउँसो सवा १ बजे मलेसियासँग खेल्ने छ ।

यस्तै, अर्को खेलमा बहराइनलाई ५ विकेटले पराजित गर्दै युएईले सुखत सुरुवात गरेको छ । २० ओभरमा ६ विकेट गुमाएर बहराइनले १३५ को टार्गेट दिएकोमा १८ दशमलब २ ओभरमै युएईले लक्ष्य भेट्टाएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ