Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालका लागि अष्ट्रेलियन राजदूत भोल्कद्धारा बाग्लुङ कालिका भगवतीको दर्शन, दिईन दशैंको शुभकामना !

नेपालका लागि अष्ट्रेलियन राजदूत भोल्कद्धारा बाग्लुङ कालिका भगवतीको दर्शन, दिईन दशैंको शुभकामना !


काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले बाग्लुङस्थित कालिका भगवतीको दर्शन गरेर दशैंको शुभकामना दिनुभएको छ । कालिका भगवतीको पूजाआजा गरेर बाहिरिदैगर्दा भिडियो शन्देष जारी गर्दै राजदूत भोल्कले दशैंको शुभकामना दिनुभएको हो ।

राजदूत भोल्कले दशैं लगायतका चाडपर्व मान्ने सबैप्रति दशैंको शुभकामना दिनुभएको छ । उहाँले नेपाली भाषामा समेत दशैंको शुभकमना, नमस्ते भन्दै नेपाली समूदायको पर्वको महत्वमाथी उत्साह थप्नुभएको छ । दशैंमा नवदुर्गाको पूजाआजा गर्ने धार्मिक परम्परालाई अनुशरण गर्दै बाग्लुङ पुग्नुभएकी राजदूत भोल्कले नेपाल र नेपाली परम्पराको हिस्सेदार बनेको भन्दै संस्कृतिविद्हरुले प्रशंसा गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ