Thursday, 2 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगैरआवासीय नेपाली संघ फुट्यो, डा.केसी र शर्मामा को आधिकारिक ?

गैरआवासीय नेपाली संघ फुट्यो, डा.केसी र शर्मामा को आधिकारिक ?


काठमाडौं । गैरआवासीय नेपाली संघ पुनः फुटेको छ । ११ औं महाधिवेशनको मतदान प्रकृयामा धाँधली भएको भन्दै बिबाद भएर सवै प्रकृया रोक्ने सहमति बिपरित एउटा पक्षले सपथग्रहण गरेपछि राजेन्द्रकुमार शर्माको अध्यक्षतामा समानान्तर कार्यसमिति चयन गरिएको हो ।

११ औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका शर्मा नेतृत्वको नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठ(रोविन)चयन हुनुभएको छ । यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद, महासचिबमा बुद्धि सागर सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सिना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा चयन हुनुभएको छ ।

यता महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणी सापकोटा, युरोपबाटै क्षेत्रीय उपसंयोजक शंकर डाँगी, भीमसेन थापा र रमेश काफ्लेको नाम सर्वसम्मत चयन भएको छ । मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उप संयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुन चयन गरिएको छ । सम्पूर्ण कार्यसमितिको नामावली अन्तिम टुंगो लागेपछि केही दिनभित्र शपथ कार्यक्रम राखेर काम अघि बढाइने अध्यक्ष शर्माले जानकारी दिनुभएको छ ।

यता, बिहीबार सम्पन्न निर्वाचिनमार्फत डा बद्री केसीले अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै नेतृत्व हात पार्नुभएको थियोे । निर्वाचन प्रक्रियामा धाधली भएको भनेर अर्को पक्षले प्रश्न उठाउदैगर्दा केसीसहितको टिमले सपथ ग्रहण गरेसंगै एनआरएनएमा बिभाजन आएको छ । यो फुटसँगै अब एनआरएनएको आधिकारिक नेतृत्व कुन भन्ने प्रश्न उब्जिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ