Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsत्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालको दोश्रो जित, हङकङ ६ विकेटले पराजित

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालको दोश्रो जित, हङकङ ६ विकेटले पराजित


काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा घरेलु टोली नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।

टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई केबल ९४ रनमा सीमित गरेको थियो । नेपालले १३.५ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाउदा कप्तान रोहित पौडेलले २५ र गुल्सन झाले १४ रन जोडे । कुशल भुर्तेलले ८, कुशल मल्लले १ र सन्दीप जोराले ३ रन जोडेर आउट भए । पहिलो विकेटका लागि २८ रनको साझेदारी गरेको नेपालले चौथो विकेटका लागि ३० र पाँचौं विकेटका लागि २२ रनको साझेदारी गरेको थियो ।

पहिले ब्याटिङ गरेको हङकङले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन जोडेको थियो । नेपालका करन केसीले ४ तथा सोमपाल कामी र अविनाश बोहराले २÷२ विकेट लिए । कुशल मल्ल र मौसम ढकालले एक एक विकेट हात पारे । नेपालले पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराएको थियो । नेपालले फेरि दुवै टोलीसँग एक–एक खेल खेल्नेछ । शीर्ष दुई टोली बीच उपाधि भिडन्त हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ