Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsत्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले विजयी सुरुवात,युएई ७ विकेटले पराजित

त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले विजयी सुरुवात,युएई ७ विकेटले पराजित


काठमाडौँमा बुधबारबाट शुरु भएको त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । कप्तान रोहित पौडेलको अर्धशतक र करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक टि–२० आई सिरिजमा युएईलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जितको लागि १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान रोहित पौडेलले ४० बलमा ५ चौकासहित ५१ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी २३ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे । चौथो विकेटका लागि दीपेन्द्र र रोहितले ९३ रनको अविजित साझेदारी गरेका थिए । नेपालको सुरुवात भने त्यति राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल १४ बलमा १ चौकासहित १४ रनमा आउट भए । कुशल मल्ल ९ बलमा २ चौकासहित ११ रनमा रनमा रन आउट भए । आसिफ शेखले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे । युएईका अली नासिर र निलान्श केश्वानीले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । युएईका बासिल हामिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । त्यस्तै युवा अलराउन्डर अली नासिरले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनको योगदान दिएका थिए । नेपालको जितमा करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए ।

नेपालले दोस्रो खेलमा आज हङकङसँग खेल्नेछ । नेपाली टिमका कप्तान पौडेलले सबै खेलाडीले उत्कृष्ट खेल्ने बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ