Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए को ११ औं विश्व सम्मेलन काठमाडौंमा सुरु, कस्ले मार्लान नेतृत्वमा वाजी ?

एनआरएनए को ११ औं विश्व सम्मेलन काठमाडौंमा सुरु, कस्ले मार्लान नेतृत्वमा वाजी ?


काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौमा सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा राष्ट्रपति रामचन्द्र पौडेलले महाधिवेशन उद्घाटन गर्नुभएको हो ।

नयाँ नेतृत्व चयनका लागि जारी अधिवेशनमा अध्यक्षका पाँच जनाले दाबी गरेका छन् । वर्तमान कार्य समितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षको प्रतिस्पर्धामा छन् । केसी, श्रेष्ठ र शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । उनीहरूलाई क्रमशः एमाले, कांग्रेस र माओवादीको समर्थन रहेको छ । यी मध्ये कस्ले नेतृत्वमा बाजी मार्लान ? अहिले नै भन्न सक्ने अवस्था देखिएको छैन । अधिवेशनमा अनलाइन भोटिङमार्फत संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिनेछ । इतिहासमै पहिलोपटक फेसियल भेरिफिकेशनमार्फत अनलाइन भोटिङ हुन लागेको हो। छ । निर्वाचनमा ५९ देशमा ४ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन् ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने बताइएको छ । यसपछि क्रमसः विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन हुनेछ । कात्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने तय भएको छ । सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएनका अभियन्ता र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वलगायत करिब चार हजारभन्दा बढीको सहभागिता हुनेछ । विश्वभरबाट संघमा सूचीकृत सदस्यको संख्या ९६ हजार ८ सय ५० रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ