Friday, 3 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाकी सामाजिक अभियन्ता एवं व्यवसायी रन्जु वाग्ले थापालाई ‘अब्दुल कलाम अन्तराष्ट्रिय अवार्ड’!

अष्ट्रेलियाकी सामाजिक अभियन्ता एवं व्यवसायी रन्जु वाग्ले थापालाई ‘अब्दुल कलाम अन्तराष्ट्रिय अवार्ड’!


काठमाडौं । अष्ट्रेलियालाई कर्मथलो बनाउदै आउनुभएकी सामाजिक अभियन्ता एवं व्यवसायी रन्जु वाग्ले थापालाई एपिजे अब्दुल कलाम अन्ताराष्ट्रिय पुरस्कार २०२३ वाट पुरस्कृत हुनुभएको छ । भारतका पूर्व राष्ट्रपति एवं बैज्ञानिक डाक्टर अब्दुल कलामको नाममा स्थापित डाक्टर एपिजे अब्दुल कलाम फाउन्डेसनले डा कलामको ९२ औ जन्मजयन्तीका अवसरमा शैक्षिक क्षेत्र र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अवार्ड दिएको हो ।

भारतको वेस्ट बंगाल राज्यमा आइतबार विशेष समारोहमा नेपालका प्रथम पूर्व उपराष्ट्रपति परमानन्द झाको हातबाट थापाले एपिजे अब्दुल कलाम अन्तराष्ट्रिय पुरस्कार २०२३ पाउनभएको थियो । पुरस्कृत हुने खवर पाएर भारत पुग्नुभएकी थापालाई आयोजकले कार्यक्रमस्थलमा बैण्डबाजा र फुलमालाले स्वागत गरेका थिए ।आफुले विश्वविख्यात व्यक्तित्वका नाममा स्थापित प्रतिष्ठित पुरस्कार पाएकोमा खुसी व्यक्त गर्दै थापाले सामाजिक क्षेत्रमा निरन्तर अघि बढ्ने उर्जा प्राप्त भएको बताउनुभएको छ । अष्ट्रेलियामा क्रियाशील रन्जु थापा एनआरएनए अभियानमा समेत चर्चित हुनुहुन्छ । एनआरएनएको सचिवदेखी प्रवक्तासम्म र राज्य स्तरका विभिन्न कमिटिमा बसेर काम गर्नुभएकी थापाले अष्ट्रेलियामा कलेज समेत सञ्चालन गर्दै आउनुभएको छ । अष्ट्रेलियाको नेपाली समुदायमाझ अब्बल समाजसेवीको पहिचान समेत बनाउनुभएकी थापा श्रीमान र परिवारको साथ सहयोगमा यो सब सफलता सम्भव भएको बताउनुहुन्छ ।

फाउन्डेसनले थापासहित अन्तराष्ट्रिय सम्मानवाट १० देशका १६ जनालाई पुरस्कृत गरेको थियो। भारतका पूर्व राष्ट्रपति एवं बैज्ञानिक डाक्टर अब्दुल कलामको नाममा स्थापित फाउन्डेसनले शैक्षिक क्षेत्र र सामाजिक क्षेत्रमा पुर्याएको विशेष योगदानको उच्च कदर स्वरूप हरेक वर्ष सम्मान गर्नेगर्दछ र



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ