इजरायलबाट २५४ जना नेपाल आइपुगे,यस्तो देखियो माहौल !
काठमाडौं । इजरायलबाट २५४ जना नेपालीलाई उद्धार गरेल फर्किएको नेपाल वायु सेवा निगमको जहाज काठमाडौंमा अवतरण भएको छ । इजरायलस्थित गुरियन विमानस्थलबाट बिहीबार अपरान्ह उडेको जहाज शुक्रबार बिहान ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।
युद्धग्रस्त क्षेत्रबाट फर्किएकालाई लिन विमानस्थलमा पुगेका आफन्त भावविव्हल भएका थिए । उनीहरू अँगालो हालेर रोइरहेका दृश्यले भावुक बनाएका थिए । बिहिवार एकाबिहान अर्थात ४ बजे नेवानीको जहाज इजरायलका लागि उडेको थियो । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा उडेको नेवानीको उद्धार उडानको जहाज वरिष्ठ क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।हमासको आक्रमणमा परी त्यहाँ इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको छ । आवश्यक प्रक्रिया पूरा गरेर शव नेपाल ल्याउन केही समय लाग्ने बताइएको छ । स्वदेश आउन पाएकाहरु खुसी हुँदा इजरायलमै रहेकाहरू उद्धारको पर्खाइमा छन् । स्वदेश फर्केका विद्यार्थीहरुले गोला,बारुद र रकेट प्रहारका आवाज अनि दृश्यले आतंकित बनाएको अवस्थाको स्मरण गराउदै जन्मभूमिमा सकुशल पाइपला टेक्न पाएकोमा खुसी व्यक्त गरेका थिए














तपाईको प्रतिक्रिया