Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएसियन गेम्स पुरुष क्रिकेट : भारतलाई कडा टक्कर दिएर पराजित भयो नेपाल

एसियन गेम्स पुरुष क्रिकेट : भारतलाई कडा टक्कर दिएर पराजित भयो नेपाल


काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ। २ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९रन जोड्दै पराजित भएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ र सन्दीप जोराले १२ बलमा ३ छक्कासहित २९ रन बनाए। कुशल भुर्तेलले २८, कुशल मल्ल २९ र आसिफ शेखले १० रन बनाए। कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके। सोमपाल कामी ७ र गुल्सन झा ६ रन बनाएर आउट भए। १४० ५ को अवस्थासम्म भारतलाई कडा टक्कर दिएको जोरालाई गुमाएपछि थप संकटमा परेको थियो। नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। ७६ २ को अवस्थामा नेपालले एक रनको अन्तरमा दुई विकेट गुमाएको थियो। नेपालले खेलमा १४ छक्का र ११ चौका प्रहार गर्यो । भारतका रवि विस्नोई र आभेस खानले ३ ३ र अर्सदिप सिंहले २ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो। भारतका लागि जयसवालले शतकीय इनिङ्स खेले । जयसवालले ४८ बलमा नेपालविरुद्ध शतक प्रहार गर्दा ८ चौका र ७ छक्काको मदतले शतक पुरा गरेका थिए । कप्तान ऋतुराज गायकव २५ रनमा, तिलक वर्मा २ र जितेश शर्मा ५ रनमा पोविलियन फर्किए । रिंकु सिंहले विस्फोटक ब्याटिङ गर्दै ३७ र शिवम दुवेले २५ रनको योगदान दिए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक एक विकेट लिए । नियमित टिम वान डे विश्वकप क्रिकेटको तयारीमा रहदाँ भारतले युवा क्रिकेट टिमलाई एसियन गेम्समा मौका दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ