Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएसियन गेम्स : भारतद्धारा नेपाललाई २ सय ३ रनको लक्ष्य प्रस्तुत, नेपाल जवाफी ब्याटिङमा !

एसियन गेम्स : भारतद्धारा नेपाललाई २ सय ३ रनको लक्ष्य प्रस्तुत, नेपाल जवाफी ब्याटिङमा !


काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेटतर्फको क्वाटरफाइनल खेलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ । क्वार्टरफाइनलको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन जोडेको हो ।

भारतका अन्य ब्याट्सम्यान नचले पनि यशस्वी जयसवालले उत्कृष्ट प्रर्दशन गरेका छन्। भारतका लागि जयसवालले शतकीय इनिङ्स खेले । जयसवालले ४८ बलमा नेपालविरुद्ध शतक प्रहार गर्दा ८ चौका र ७ छक्काको मदतले शतक पुरा गरेका थिए । कप्तान ऋतुराज गायकव २५ रनमा, तिलक वर्मा २ र जितेश शर्मा ५ रनमा पोविलियन फर्किए । रिंकु सिंहले विस्फोटक ब्याटिङ गर्दै ३७ र शिवम दुवेले २५ रनको योगदान दिए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक एक विकेट लिए ।

नियमित टिम वान डे विश्वकप क्रिकेटको तयारीमा रहदाँ भारतले युवा क्रिकेट टिमलाई एसियन गेम्समा मौका दिएको छ । नेपाल समूह चरण पार गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो । नेपालले समूह चरणमा भियतनाम र माल्दिभ्सलाई हराउँदा भारतले सिधै प्रि क्वार्टरफाइनलमा स्थान बनाएको हो । नेपाली कप्तान रोहित पौडेलले ड्रमार्फत भारतलाई प्रतिद्धन्दी छानेका हुन् । आजको खेल जित्नैपर्ने दबाबमा रहेको नेपालले  जवाफी ब्याटिङ गर्दैछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ