Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्दै चिकित्सकमाथि कुटपिटका घटना, १४ दिनमा ९ जना कुटिए !

नेपालमा बढ्दै चिकित्सकमाथि कुटपिटका घटना, १४ दिनमा ९ जना कुटिए !


काठमाडौं । पछिल्लो समय नेपालका स्वास्थ्य संस्थाहरुमा चिकित्सकमाथि कुटपिटका घटना बढेसँगै अस्पताल नै बन्द गरेर चिकित्सकहरु आन्दोलित भैरहेका छन् । पछिल्लो १४ दिनमा नौ जना चिकित्सकमाथि कुटपिट भएपछि आफ्नो पेशागत सु्रक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डाक्टर कालुसिंह खत्रीले आफन्तको मृत्यु भएपछि अधिकांश चिकित्सकमाथी लापरबाही गरेको आरोप लगाउँदै हातपात गर्ने गरेको नेपालट्युबलाई जानकारि दिनुभयो । चिकित्सकमाथि आक्रमण, कुटपिट र गालीगलौजसम्बन्धी घटनाका कारण बारम्बार देशैभरका अस्पतालको ओपिडी सेवा बन्द भएको छ । नेपाल मेडिकल काउन्सिलका सदस्य डा.कालुसिंह खत्रीले पछिल्लो केहीदिनयता पोखराको मणीपाल, लमजुङ, हेटौडा लगायतका विभिन्न अस्पतालमा चिकित्सकहरु कुटिएको जानकारि दिनुभयो । चिकित्सकमाथि भइरहेको आक्रमणमा राजनीतिक संरक्षकले दण्डहीनतालाई प्रश्रय दिएको आरोप नेपाल मेडिकल काउन्सिलले लगाउने गरेको छ ।

नेपाल मेडिकल काउन्सिलको अद्यावधिक विवरण अनुसार ३२ हजार दुइ सय १८ चिकित्सक दर्ता भएका छन् । दर्ता संगै विदेशिने डाक्टरहरुको संख्या पछिल्लो समय बढ्दो क्रममा रहेको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित) ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था भएपनि यो व्यवस्था कार्यान्वयन हुन नसक्दा स्वास्थ्यकर्मी आक्रमण र अपहेलनाको शिकार भैरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ