Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए उपाध्यक्षको मैदानमा अष्ट्रेलिया निवासी जोशी, यस्ता छन संघर्ष र सफलता !

एनआरएनए उपाध्यक्षको मैदानमा अष्ट्रेलिया निवासी जोशी, यस्ता छन संघर्ष र सफलता !


ब्रिजबेन । गैर आवासीय नेपाली संघ (एनआरएनएं) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को उपाध्यक्षमा दिनेशराज जोशीले उम्मेदवारी घोषण गरेर चुनावी मैदानमा हुनुहुन्छ ।

एनआरएन अष्ट्रेलियाको विभिन्न अभियानमा निरन्तर सक्रिय जोशी एनआरएनए भित्र राजनीति गर्न हुँदैन, प्रवासमा छरिएर रहेका नेपालीहरूलाई नेपालसँग जोडेर बहुआयामिक ढंगबाट अघि बढ्नुपर्छ भन्ने मान्यतासहित उपाध्यक्षको मैदानमा होमिनुभएको हो ।

अष्ट्रेलियाको नेपाली समुदाय मात्रै नभएर विश्वभर छरिएर रहेका एनआरएनएप्रेमीहरुको साथ सहयोग मिलेकाले उपाध्यक्ष बनेर एनआरएनए अभियानलाई गतिशिल बनाउन पनि आफू मैदानमा उत्रिएको जोशीले बताउनुभएको छ । अष्ट्रेलियालाई कर्मथलो बनाउँदै अघि बढ्नुभएका जोशी जुझारू र लगनशीलताका कारण सबैका लागि उदाहरणिय बन्नुभएको छ ।

को हुन त एनआरएनए उपाध्यक्षको मौदानमा होमिनुभएका जोशी ?
तनहुँको भानु नगरपालिका– ११ रूपाकोटमा जन्मिनुभएका जोशी २००० फेब्रुअरी ५ देखी अष्ट्रेलियामा बस्दै आउनुभएको छ । विगतमा कांग्रेस राजनीतिका हस्ती भएरपनि पछिल्लो समय स्वतन्त्र बन्नुभएका गोबिन्दराज जोशीको छोरा भएकाले पनि नेपाली कांग्रेसको बिचारधारा र सिद्धान्तमा नजिक जोशी सुरुवाती समयमा सरसफाईदेखी विभिन्न काम गरेको अनुभव रहेको सुनाउनुहुन्छ । एनआरएनए अष्ट्रेलियाको विभिन्न अभियानमा निरन्तर सक्रिय रहँदै आउनुभएका जोशी वर्तमान एनआरएनए ओसीयाना रिजनका क्षेत्रीय संयोजक, पूर्व अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य र एनआरएनए अष्ट्रेलियाको सल्लाहकार समेत हुनुहुन्छ । तनहुँ समाज अष्ट्रेलियाका वरिष्ठ सल्लाहकार रहेका जोशी नेपाली कांग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक समेत हुनुहुन्छ । अष्ट्रेलिया बसाईको सुरुवातमा संघर्ष गर्नुभएका जोशी अहिले मल्टिनेश्नल कम्पनीमा कार्यरत हुनुहुन्छ । हाल श्रीमती र दुई छोरीसहित अष्ट्रेलियामा क्रियाशिल जोशी सहयोगी भावनाका भएकाले सबैमाझ प्रिय हुनुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ