Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा फेयर वर्कको आक्रामक अनुगमन, कामदार ठग्दा यी व्यवसाय निसानामा !

अष्ट्रेलियामा फेयर वर्कको आक्रामक अनुगमन, कामदार ठग्दा यी व्यवसाय निसानामा !


ब्रिजबेन । फेयर बर्क एम्बुड्सम्यानले अष्ट्रेलियाका खाद्य क्षेत्रहरूको नियमनलाई तिब्रता दिएको छ । विगत केही समयदेखी फुड आउटलेटहरुको अनुगमनलाई तिब्रता दिएका फेयर वर्क इन्स्पेक्टरहरूले यस साता एडिलेडको पश्चिममा फूड आउटलेटहरूको निरीक्षणलाई तिब्रता दिएका हुन ।

विभिन्न खाद्य क्षेत्रका व्यवसायिहरुले कामदारलाई कानुन अनुसारको तलब सेवा सुविधा नदिएको गुनासो, खुपिया रिपोर्टका आधारमा एडिलेडको पश्चिमी उपनगरका बोडेन, क्रोइडन, एलेनबी गार्डेन, वुडभिल, ग्रान्ज र फ्लिन्डर्स पार्कलगायत ३५ व्यवसायहरूमाथी नियमनसँगै अनुसन्धान अघि बढाइएको फेयर बर्क एम्बुड्सम्यान अन्ना बुथले जानकारि दिनुभएको छ । विद्यार्थी लगायतका भिसा वाहक युवा कामदारमाथी श्रम शोषण गर्नेहरु नियमन र कारबाहीको प्राथमिकतामा परेका छन् । बुथले कमजोर कामदारहरूको हकहितको रक्षाका लागि फास्ट फूड, रेस्टुरेन्ट र क्याफे क्षेत्रमा अनुगमन तिब्र बनाइएको जानकारि दिनुभयो ।

यस साता एडिलेटमा अनुगमन गरेको फेयर वर्कले यसअघि मेलबर्नको भित्री दक्षिण र भित्री पश्चिम खाद्य क्षेत्रहरूमा अनुगमन गरेर कामदारलाई ६ लाख ८० हजार डलर बराबरको क्षतिपुर्ति भराएको थियो । मेलबर्नको डेग्रेभ्स स्ट्रीट र हार्डवेयर लेन, ब्रिस्बेन, सिड्नी, एडिलेड, होबारका साथै लन्सेस्टन, डार्विन, गोल्ड कोस्ट, पर्थ, न्यूकासल, दक्षिण–पूर्वी मेलबर्न र क्वीन्सल्याण्डको सनसाइन कोस्ट क्षेत्रमा अनुगमन तिब्र बनाइएको थियो ।

फेयर वर्कले सबै कामदारलाई कानुनी तलब सेवा सुविधाको सुनिश्चित गराउन अनि कामदारमाथी ठगी गर्नेहरुलाई सचेत गराउन अनुगमनलाई राष्ट्रि मुद्धाका रुपमा तिब्रता दिएको जनाएको छ । कानुन पालनामा बारम्बार सचेत गराएको फेयर वर्कले तलब, सेवासुविधामा ठगिएमा निशुल्क कानुनी उपाचारका लागि उजुरी, गुनासो गर्न आह्वान गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ