Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमहिला उथ्थानको विशेष दिन, यस्तो छ अष्ट्रेलियामा सफल नारीको कथा !

महिला उथ्थानको विशेष दिन, यस्तो छ अष्ट्रेलियामा सफल नारीको कथा !


ब्रिजबेन । तीज एउटा धार्मिक, सांस्कृतिक पर्व मात्रै नभएर महिला उथ्थानको विशेष दिन पनि हो । आफ्ना वर्षभरिका जीवन भोगाईलाई पोख्दै महिला आमा, दिदिबहिनीहरु नाचगानमा रमाउदैगर्दा महिला उथ्थानमा सक्रिय एक सफल महिलाको कथा पस्कदैछौँ ।

रञ्जु वाग्ले थापा
अध्ययनका हिसाबले हेल्थ असिस्टेन्ट रञ्जु २८ वर्षदेखी अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएको छ । नेपालमा हेल्थ असिस्टेन्टका रुपमा काम गर्दादेखी नै महिला उथ्थानको पक्षमा क्रियासिल उहाँ अहिले अष्ट्रेलियाको सिडनी सिटी कलेज अफ मेनेजमेन्टकी सीईओ हुनुहुन्छ । २८ वर्ष अघि नेपालबाट श्रीमानसँगै अष्ट्रेलिया आउनुभएकी वाग्ले सुरुवातदेखी नै एनआरएनए अभियानमा जाडिनुभएको थियो । परिवारबाटै महिला र पुरुष बराबर हुन भन्ने प्रेरणा प्राप्त गर्नुभएकी वाग्ले महिला दिदि बहिनीलाई अघि बढाउन विभिन्न सामाजिक काममा क्रियाशिल हुँदैआउनुभएको छ । एनआरएनए अभियानमा समेत महिलाको सक्रियता बढाउन सक्रिय उहाँकै पहलमा एनआरएनए आईसीसीमा सिमित एनआरएनए ओमन फोरम अहिले एनसिसिमा समेत बिस्तार भएको छ । अष्ट्रेलियाबाट नारी निकुञ्ज स्थापना गरेर एनआरएनए अभियानका रुपमै अहिले ७० बढी देशमा एनआरएनए ओमन फोरमका रुपमा बिस्तार गराउन उहाँकै सक्रियता रहेको छ ।

श्रीमानको भरपुर साथ पाउनुभएकी रञ्जु वाग्ले थापा अहिले पनि महिलासँगै समाजको उथ्थानमा सक्रिय हुनुहुन्छ । पुरुष शारिरिक रुपमा सबल भएपनि ब्रेनमा महिला अग्र स्थानमा रहेको जिकिर गर्ने उहाँ महिला पुरुष सबै मिलेल परिवारसँगै समाजलाई सबल बनाउनुपर्ने बताउनुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ