Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालट्युवको ‘यात्रा गौरभको अभियान’ श्रीलंकाबाटै नेपाल र भारतबीचको खेल अपडेट !

नेपालट्युवको ‘यात्रा गौरभको अभियान’ श्रीलंकाबाटै नेपाल र भारतबीचको खेल अपडेट !


ब्रिजबेन । पाकिस्तान र श्रीलंकामा जारी एसिया कप क्रिकेट–२०२३ अन्तर्गत नेपाल र भारतबीच हुने खेलको स्थलगत रिपोर्टिङ गर्न नेपालट्युब अष्ट्रेलियाको टोली श्रीलंका पुगेको छ । सेप्टेम्बर ४ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुने नेपाल र भारतबीचको खेलको स्थलगत रिपोटिङका लागि नेपाल ट्युबको टोली नै श्रीलंका पुगेको हो ।

मुख्य खेलहरुको स्थलगत रिपोर्टिङमार्फत अपडेट गराउन नेपालट्युबका अष्ट्रेलिया सम्पादक सरल गुरुङको नेतृत्वमा श्रीलंका पुग्ने टिममा चर्चित क्रिकेट कमेन्टेटर सचिन तिमल्सिना समेत समेत हुनुहुन्छ । ‘यात्रा गौरभको अभियान’ अन्तर्गत नेपाल ट्युवको टोली केही दिन श्रीलंका रहनेछ । नेपाल र भारतीबको खेलमा हौसला थप्न अष्ट्रेलियाबाट समेत धेरै नेपालीहरु श्रीलंका पुगेका छन् । अझै जान क्रममा समेत रहेका छन् । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार आगामी सोमबार दिउँसो सवा ३ मा सुरु हुनेछ ।

नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान सहभागी हुने प्रतियोगितामा कुल १३ एकदिवसीए अन्तर्राष्ट्रिय (ओडीआई) खेलमध्ये मुख्य खेलहरुको नेपालट्युबले स्थलगत रिपोर्टिङमार्फत अपडेट गराउनेछ । नेपालले समूह चरण अन्तर्गत उद्धगाटन खेलमा पाकिस्तानसँग पराजय ब्यहोरेको छ । विश्ववरियताको नम्बर एक टिमसँगको खेलको अनुभवबाट भारतसँगको प्रतिस्पर्धा सुधारिने अपेक्षा गरिएको छ । एशिया कपमा नेपालले स्थान बनाएको गौरभमय इतिहासलाई आम नेपालीजनमाझ पस्कन नेपालट्युबलाई लिगल रेमिट र फ्लाई लुम्बिनीले साथ दिएका छन् ।

आजभन्दा २१ वर्षअघि सन २००२ मा मलेसियालाई पराजित गरेर नेपाल एसिया कपको छनौँटमा पुगे पनि भारत र पाकिस्तानको कलहका कारण तत्कालिन समयको खेल रोकिएको थियो । तर अहिले एउटा गौरभमय इतिहास फर्किएको छ । नेपाल ट्युबको ‘यात्रा गौरभवको अभियान’ तपाई हामी सबैको अझ भनौँ सिंगो नेपाल र नेपालीहरुको गौरभ अभियान हो । क्रिकेटको महारथी भारतसँग नेपालले एसियाकपमा गर्न लागेको मुकाबिला एउटा गौरभमय इतिहास बन्नुपर्छ । नेपालको जितका लागि मिलेर उर्जा भर्ने काम गरौँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ