Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएक महिनामा ६७ हजार १५३ पर्यटक नेपालमा, अष्ट्रेलियाबाट मात्रै साँढे १३ सय

एक महिनामा ६७ हजार १५३ पर्यटक नेपालमा, अष्ट्रेलियाबाट मात्रै साँढे १३ सय


काठमाडौं । पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल भ्रमणका क्रममा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २०२३ को अगस्टमा यी पर्यटक नेपाल आउनुभएको हो ।

अगस्ट महिनामा २६ हजार ६६५ अर्थात सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीनबाट ५ हजार २७ र अमेरिका बाट ४ हजार ६२९ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जानकारी दिएको छ । यस्तै, श्रीलंकाबाट ३ हजार ८५८ जना पर्यटक नेपाल भित्रिदा बंगलादेशबाट ३ हजार १९० जनाले नेपाल भ्रमण गरेका छन् ।

अगस्ट महिनामा बेलायतबाट २ हजार ७११, स्पेनबाट १५ सय ८८ जना पर्यटक नेपाल आएका छन् । यस्तै जापानबाट १५ सय २०, इटालीबाट १४ सय ९६ र अष्टेलियाबाट १३ सय ४७ जनाले अगस्ट महिनामा नेपाल भ्रमण गरेको पर्यटन बोर्डको रेकर्डले देखाउछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ