Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारश खड्का निर्वाचित

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारश खड्का निर्वाचित


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा उमेश पियालाई ९ मतले पछि पार्दै पारस अध्यक्ष निर्वाचित  हुनुभएको  हो ।

निर्वाचनमार्फत पारसले २३ मत पाउदा पियाले १४ मत पाउनुभएको छ । १३ सदस्यीय कार्यसमितिमा पारससहित  टिमबाट १२ जना चयन भएका छन् । उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य, कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी हुनुभएको छ ।

सदस्यहरुमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल ‘अरुण’ र अनुजमान श्रेष्ठ निर्वाचित हुनुभएको छ । नीरा राजोपाध्याय भने यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ