Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएसीया कपमा नेपालको डेब्यु, अगस्ट ३० मा मुल्तानमा पाकिस्तानसँग भिडन्त !

एसीया कपमा नेपालको डेब्यु, अगस्ट ३० मा मुल्तानमा पाकिस्तानसँग भिडन्त !

नेपालट्युब अष्ट्रेलियाले दिनेछ खेलको स्थलगत अपडेट


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले एसीया कपको उद्घाटन खेलमा भोली अर्थात अगस्ट ३० मा पाकिस्तानको सामना गर्दैछ । बुधबार नेपाली टिमले आयोजक पाकिस्तानविरुद्ध मुल्तान रंगशालामा पहिलो खेल खेल्ने भएको हो ।

पहिलोपटक एसिया कप खेल्न लागेको नेपाली टीम जित्नकै लागि मैदानमा उत्रिनेछ । तर विश्व स्टार खेलाडीले भरिएको पाकिस्तानलाई हराउन नेपाली टिमले निक्कै संघर्ष गर्नुपर्ने कप्तान रोहितकुमार पौडेल नै बताउनुहुन्छ । पाकिस्तान र श्रीलंकाको संयूक्त आयोजनामा सुरु हुन लागेको एसीया कपको उद्घाटन खेल बुधबार नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेल समेत भएको हुनाले विश्वभरीका क्रिकेट समर्थकको ध्यान अगस्त ३० मा मुल्तानमा केन्द्रीत हुनेछ । विश्वकप क्रिकेट पछिको सर्वाधिक ठुलो प्रतियोगिताका रुपमा लिइने एसीया कप हेर्न विश्व भरीका क्रिकेट प्रेमी आतुर छन् ।

नेपालको एसिया कपका खेलका पलपलको अपडेटका लागि नेपाल ट्युब अष्ट्रेलियाले स्थलगत रिपोर्टिङ गर्नेछ । सम्पादक सरल गुरुङ, चर्चित क्रिकेट कमेन्टेटर सचिन तिमल्सिना सहितको टिमले यात्रा गौरभको अभियान मार्फत  श्रीलंकाबाट नेपाल र भारतको खेलको अपडेट दिनेछ । क्रिकेटको गौरभमय इतिहासलाई आम नेपालीजनमाझ पस्कन नेपालट्युबलाई लिगल रेमिट र फ्लाई लुम्बिनीले साथ दिएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक एसीया कप खेल्दा नेपाली समर्थकले चासो पूर्वक खेल हेर्नेछन् । पाकिस्तान विरुद्धको खेलमा नेपालले जित हात पार्दा आफ्नो क्रिकेट इतिहासमा नयाँ कोशेढुंगा पार गर्नेछ । सम्भावनाकोे खेल पनि भएकाले नेपाली टोली जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

पाकिस्तानका स्टार खेलाडीको चुनौँती
बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान टोलीमा विश्व स्टार खेलाडी रहेका छन् । जसमा मोहमद रेजवान, शहिनशाह अफ्रिदी, नसिम शाह, फकर जमान, मोहमद बाशिम जस्ता स्टार खेलाडी नेपालका लागि चुनौती बन्नसक्छन् । नेपाली बलर र ब्याटरलाई विश्व स्टार खेलाडीको सामना गर्न कठिन हुनेछ ।

विश्व स्टार खेलाडीलाई रोक्न नेपालका लागि ब्याटिङमा कुशल भुर्तेल, रोहित पौडेल, आशिफ शेखको महत्वूर्ण भुमिका रहने अपेक्षा गरिएको छ । बलिङ लाइनमा सन्दीप लामिछाने, सोमपाल कामी, करण केशी समाल्नुपर्ने जिम्मेवारी छ । अलराउण्डरमा दिपेन्द्रसिंह ऐरी, गुल्शन झा, कुशल मल्लको भुमिका महत्वपूर्ण हुनेछ । नेपाली टोलीका कप्तान रोहित पौडेल र स्टार बलर सन्दीप लामिछाने राम्रो नतिजा आउनेमा आशावादी छन् । नेपालले आफ्नो दोस्रो खेल भारतसँग भदौ १८ गते श्रीलंकाको कान्डीमा खेल्नेछ ।

१६ औँ सस्करणको एसीया कपमा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका ९ खेल श्रीलंकामा र ४ खेल पाकिस्तानमा हुनेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ