Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा बन्न लागेको नेपाली सामुदायिक केन्द्रलाई सहयोग गर्दै २ तिज कार्यक्रम

ब्रिजवेनमा बन्न लागेको नेपाली सामुदायिक केन्द्रलाई सहयोग गर्दै २ तिज कार्यक्रम


ब्रिजवेन, अष्ट्रेलियाभर नै यत्ति बेला तिज विशेष कार्यक्रम हुदैछन् । ती मध्ये ब्रिजवेन र होबार्टमा हुने तिज कार्यक्रम अझ विशेष छन् । पशुपति शर्मा, कला लम्साल, बिन्दु पौडेल र अमृत सापकोटा सहभागी हुने तिज विशेष यी दुइ कार्यक्रमले ब्रिजवेनमा बन्न लागेको सामुदायिक केन्द्रलाई सहयोग गर्ने जनाएको छ ।
ब्रिजवेनमा कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसिले सामुदायिक केन्द्र निर्माण गर्न ४ हेक्टर जमिन खरिद गर्न ११ लाख डलर जति संकलन गरिसकेको छ । जग्गा किन्न मात्र साढे १४ लाख डलर खर्च हुने क्युएसिसिले जनाएको छ । क्युएनसिसिले आजिवन सदस्यता तथा चन्दामार्फत सहयोग जुटाइरहेको छ ।

ब्रिजवेनको स्ट्राथपाइन सामुदायिक हलमा सेप्टम्बर ८ तारिखमा हुन लागेको नाइस तिज मेलाले टिकट बिक्रीबाट उठेको ७५ प्रतिशत रकम क्युएनसिसिलाई दिन लागेको आयोजक विशाल इन्टरटेन्टमेन्टका गोबिन्द भट्टराईले जानकारी दिनुभयो । यो तिज कार्यक्रममा गायक पशुपति शर्मा, अमृत सापकोटा र गायिका कला लम्साल सहभागी हुदैछन् । त्यस्तै तिज कार्यक्रममा डिजे गोर्खा र फुलु पुनको समेत प्रस्तुती हुनेछ । बेलुका ६ बजेदेखि सुरु हुने कार्यक्रममा नेपालबाट आएका अभिभावक तथा १६ वर्ष मुनिका बालबालिकालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

त्यस्तै तास्मानियाको होबार्टमा हुने तिज साँझले सबै फाइदा क्युएनसिसिलाई दिने आयोजक नेपाली समाज तास्मानियाले जनाएको छ । सेप्टेम्बर ६ मा द चोक नेपाली रेष्टुरेन्टमा हुने कार्यक्रममा गायक पशुपति शर्मा र गायिकाहरु कला लम्साल र बिन्दु पौडेल सहभागी हुदैछन् । त्यस्तै कार्यक्रममा डिजे उज्वलको समेत प्रस्तुती रहनेछ ।


ट्याग : #kala lamsal, #pashupati sharma, #teej
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ