Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगायिका समिक्षाले दिईन् ४ अनलाईन विरुद्ध प्रहरीमा उजुरी, कारण यस्तो

गायिका समिक्षाले दिईन् ४ अनलाईन विरुद्ध प्रहरीमा उजुरी, कारण यस्तो


काठमाडौं/गायिका समक्षिा आफु विरुद्ध नराम्रो कुरा लेखेर मानसिक तनाव दिएको भन्दै ४ अनलाईन र फेसबुक पेज विरुद्ध जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिनु भएको छ । ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ तथा रुटिन अफ बुटवल बन्द नामका पेजहरु विरुद्ध उजुरी परेको समिक्षाले जानकारी दिनुभएको छ । ती पेजहरुले विभिन्न अतिरञ्जित कुराहरु लेखि हुदै नभएको कुराहरुलाई, बिना प्रमाण, विभिन्न समाचारहरु प्रेषित गरि आफ्नो प्रतिष्ठामा आँच आउने कार्य गरेको समिक्षाको उजुरीमा उल्लेख छ ।

पछिल्लो समय समिक्षाको अष्ट्रेलियाको भिषा नलागेको खबर बाहिर आएको थियो । यसअघि अष्ट्रेलिया आएर फर्किसक्नु भएकी समिक्षाले नेपाल पुगेर पुन भिषा आवेदन दिदा लागेको थिएन । हाल अष्ट्रेलियामा हुन लागेको तिजको कार्यक्रमका लागि समेत समिक्षाले भिषा आवदेन दिनु भएको छ । डिपार्टमेन्ट अफ होम अफेयर्सले समिक्षालाई थप कागजपत्र मागेको आयोजकले जनाएको छ । दिदि बिहिनी इभेन्टले मागिएको थप कागजात बुझाइसकिएको बताएको छ । तर, अन्य कलाकारको भिषा लागेर आइसक्दा समेत समिक्षाको भिषाको निर्णय आइसकेको छैन ।

यहि खबरलाई केही नेपालका समाजिक संजालले तोडमोड गरि समिक्षालाई अष्ट्रेलियाले कालो सुचिमा राखेको, उनले कहिल्यै भिषा नपाउने, मानव ओसारपोसार गरेको जस्ता शब्दहरु प्रयोग गरि हुदै नभएको समाचार प्रकाशन गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ