Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजबेनमा कहिले बन्ला नेपाली मन्दीर र स्तुपा ? अहिलेसम्म उठ्यो ९ करोड सहयोग !

ब्रिजबेनमा कहिले बन्ला नेपाली मन्दीर र स्तुपा ? अहिलेसम्म उठ्यो ९ करोड सहयोग !


ब्रिजबेन । नेपाली समुदायको सक्रियतामा ब्रिजबेनको लोगन रिजर्भ क्षेत्रमा नेपाली मन्दीर र बौद्ध स्तुपा बनाउने अभियान ९ करोड बढी अर्थात अष्ट्रेलियान डलरमा १० लाख ७२ हजार सहयोग संकलन भएको छ । मन्दीर र स्तुपा निर्माणको पहल गरिरहेको क्युनएसिसि अध्यक्ष केशव शर्माले २ हप्तामै प्रतिहप्ता १ लाख डलरका दरले २ लाख डलर उठेको र अहिलेसम्म नेपाली रुपैया ९ करोड संकलन भैसकेको जानकारि दिनुभएको हो ।

ब्रिजबेनको लोगन रिजर्भ क्षेत्रको ४ हेक्टर जमिन साँढे १४ लाखमा खरिद गर्ने र त्यही जमिनमा नेपाली धार्मिक, सांस्कृतिक पहिचानसहितको मन्दीर, बौद्ध स्तुपा बनाउने अभियानलाई यतिबेला ब्रिजवेनका नेपाली समुदायले तिब्रता दिएको छ ।  आजिवन सदस्य बनेर साँढे ४ सय व्यक्तिले एकल रुपमा एक हजार र परिवारसहित हुनेले १ हजार ५ सय सहयोग गर्नुभएको छ । केही सहयोगी दाताहरुले समेत यो अभियानमा साथ दिएको क्युनएसिसिले जनाकारी दिएको छ । सेप्टेम्बरको अन्तिम हप्तामा जग्गा प्राप्ती हुने र यसपछि नेपाली मन्दीर, बौद्ध स्तुपा सहितका नेपाली सम्पदा बन्ने बताइएको छ ।

क्वीन्सल्याण्ड नेपालिज कल्चरल सेन्टर (क्युएनसीसी) ले विगत लामो समयदेखी थालेको यो अभियानले कहिले सार्थकता पाउला भन्दै नेपाली समुदायले कुरिरहेको छ । ब्रिजबेन सिटीबाट करिब ३३ किलोमिटर अर्थात आधा घण्टाको दुरीमा पर्ने लोगन रिजर्भ क्षेत्रमा नेपाली मन्दीर अनि स्तुपासहितको सम्पदा हेर्न नेपाली समुदाय आतुर छ । एनआरएनएका केन्द्रीय सचिव समेत रहनुभएका अभिमानसिंह बस्नेत यो अभियानलाई सफल बनाउन लागिपर्नुभएको छ ।

तपाई अष्ट्रेलियाका विभिन्न शहर र विशेषगरि ब्रिजबेनमा बस्दैआउनुभएको छ भने आफ्नो समुदायका लागि सकेको सहयोग गर्नुहोस् । आफ्नै सामुदायिक भवन, मठ, मन्दीर बनाएर नेपाली पन र मनको झल्को दिने अभियानलाई सफल बनाऔँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ